कर्णाली नदी छेउ बस्तीका ७९ जना परिवारलाई सुरक्षित स्थानमा सारियो

सुर्खेत । निरन्तरको वर्षाका कारण कर्णाली नदीको बहाव बढेपछि जोखिममा रहेका नदी छेउका बस्तीका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका –४ झालाका ५४ घरधुरी संख्या रहेको बस्तीका ११ घरधुरीका ७९ जना परिवारहरुलाई शिवालय माध्यमिक विद्यालय झालामा स्थानान्तरण गरिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

उनीहरुलाई बस्ने व्यवस्था स्थानीय पालिकाले गरेको र प्रहरी टोली त्यहाँ खटिएको बताइएको छ ।