बाढि प्रभावित नागरिकलाई तत्काल राहत दिने : प्रधानमन्त्री देउवा

सुर्खेत । प्रधानमन्त्री देउवाले  बाढी–पहिरोले ठूलो क्षति पु¥याएको भन्दै बाढी प्रभावित नागरिकहरूलाई तत्काल राहत उपलब्ध गराउने बताएका छन् ।

आइतबारबाट परेकाे वर्षाका कारण आएको बाढी–पहिरोबाट पीडित बनेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउने गराउने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले पहिरोमा मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय भएको बताउँदै भौतिक क्षति भएका परिवारलाई पनि राहत प्याकेज उपलब्ध गराइने बताए ।

सुदूरपश्चिम र कर्णालीमा बाढी–पहिरोले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षणमा निस्किएका प्रधानमन्त्री देउवाले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘मृतकका परिवारलाई राहतको घोषणा गरिसकेका छौं, भौतिक क्षतिको मूल्याङ्कन गरेर थप राहत उपलब्ध गराउँछौं ।’

प्रधामन्त्री देउवाले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सुरक्षा अंगका प्रमुखबाट कर्णालीमा बाढी–पहिरोले पुर्‍याएको क्षतिका विषयमा जानकारी लिएका छन् ।