लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले लागू औषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले एक जनालाई पक्राउ गरेको हो । वीरेन्द्रनगर नगरपालिका–२ भुरेलीबाट २८ वर्षीय खीमबहादुर बुढालाई पक्राउ गरेको हो ।

उनी वीरेन्द्रनगर कोलडाँडाका रहेको प्रहरीले जनाएको छ । उनी पक्राउ परेको भुरेलीबाट ज्याकेटको दाहिने खल्तीमा कागज भित्र ८० मिलिग्राम लागू औषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ र पाईन्टको खल्तीमा १२ हजार ४५० बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए । उनकाअनुसार घर खानतलासी गर्दा प्रहरीले आठ ग्राम ७३० मिलिग्राम ब्राउनसुगर भेटिएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।