२०८२ जेठ ४ , आइतबार

बम विस्फोटबाट जोगिएकी लिला, जो छोरा छोरी पाल्न मजदुरी गर्थिन



सुर्खेत । वीरेन्द्रनगरमा मजदुरी गरेर छोराछोरी पाल्दै आएकी लिला दैलेखबाट सुर्खेत झरेको पाँच वर्ष भयो । सँगै मर्ने सँगै बाच्ने कसम खाएका श्रीमानको पनि गत वर्ष चैत्रमा मृत्यु भयो । श्रीमानको मृत्युको कारण खुट्याउन नपाउँदै एक छोरा र छोरीको जिम्मेवारी उनको काँधमा थियो । महंगो शहर वीरेन्द्रगरमा रोजगारीको अन्य विकल्प थिएन् । श्रीमानको मृत्युपछि हुर्कदै गरेका छोराछोरीलाई कसरी पढाउने भन्ने चिन्ता लिलालाई थियो । कोरोना महामारीमा जारी निषेधाज्ञाले लिलालाई पनि चपेटामा पा¥यो । दैनिक ज्याला मजदुरीविना घरको चुल्हो बल्न गाह्रो थियो । ज्याला मजदुरीको कामबाट छाक टार्दै आएकी लिलालाई कोरोना महामारीमा जारी निषेधाज्ञाले थप संकट आइलाग्यो । रोजगारी गुमेपछि चार महिना पहिला उनी वीरेन्द्रनगर–७ ईत्राममा रहेको शोहन केशर खनालको घरमा काम गर्न थालिन । खनालले पनि वस्तुभाउ पालेकाले उनलाई काम दिए । सात हजारको महिनावरी जागिर पाएपछि लिलालाई घर खर्च चलाउन सहज भयो । खनालको घरमा उनी वस्तुभाउलाई घाँसदेखी अन्य घरायसी काममा सघाउथिन् ।

वीरेन्द्रनगर–१२ नौलो सुधार टोलमा लिलाको घर छ । उनी दैनिक विहान घरबाटै खनालको घरमा काम गर्न आउने र साँझ आफ्नै घर फर्किन्थिन् । शनिवार वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्र कटकुवा सामुदायिक वन सर्वसाधारणका लागि खुला गरिएको थियो । त्यहीँ जंगलमा पुगेर घास काट्न नपाउँदै लिलाले अकल्पिनिय घटनाको सामाना गर्नुप¥यो । ‘कटकुवा जंगल क्षेत्रमा पुगेर घाँस काट्ने जोहो गर्दै थियौं,’ लिलाले घटना सम्झदै भनिन्, ‘आफूभन्दा अघि रहेको भाइ नजिक ठूलो आजाव फड्कीयो भाइ ढल्यो, भाइ ढल्दा आफू अर्धअचेत बने ।’ खनालकै घरमा बस्दै आएका भाई नरेश नेपालीलाई उनैले पढाउँदै आएका थिए । श्रीकृष्ण संस्कृत माध्यमिक विद्यालय ईत्राममा कक्षा ६ मा अध्ययनरत नरेश शनिवार भएकोले दिदीसँगै कटकुवा पुगेका थिए । तर वेवारिसे छाडिएको वमको छर्राले उनको अनुहारमा चोट लागेको छ । लिलाको अवस्था सामान्य तर नरेशको अनुहारमा चोट रहेकाले भाइको आँखा गुम्छ की भन्ने चिन्ता उनलाई छ । कटुकवामा हरेक बुधबार र शनिवार सर्वसाधारका लागि घाँस र दाउरा कटानको लागि खुला गरिन्छ । त्यहीँ मौका छोपेर लिला र उनका भाई हिडेरै कटकुवा पुगेका थिए ।
दैलेखको गुराँस गाउँपालिका–६ जोरेबाँझ स्थायी घर भएकी लिला भाइको उच्च शिक्षा पूरा गराइदिन वीरेन्द्रनगर ल्याएकी थिइन् । शनिवारको घटनाले आफ्नो भाइलाई थप समस्या नहोस् भन्ने चाहना लिलाको छ । ‘वम विस्फोटनले मलाई त्यती साह्रै असर गरेन्, अहिले पनि भाइको चिन्ता लागिरहेको छ,’ लिला भन्छिन्, ‘सामान्य छर्रा बाहिर भागमा भए अप्रेशनपछि सन्चो भइहाल्छ होला तर आँखामा समस्या नभएको भए हुन्थ्यो ।’ लिला विहे गरेको आठ बर्ष भयो । उनको छोरा दुई वर्ष र छोरी चार वर्षकी छन् ।

प्रकाशित मिति : २०७८ कात्तिक ६ गते शनिबार