सुर्खेतबाट काठमाडौं जाँदै गरेको यात्रु बसमा आगलागी

काठमाडौं । सुर्खेतबाट काठमाडौं जादै गरेको यात्रु बसमा धादिङको गजुरीमा आगलागी भएको छ ।

ना ६ ख १४७१ नम्बरको यात्रु बसमा आज बिहान २ बजे आगलागी भएको हो । गजुरी बजारमा गुडिरहेको बेला बसमा एक्कासी आगलागी भएको धादिङ प्रहरीले जानकारी दिएको छ । बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

बसमा सवार यात्रुहरु भने सकुशल छन् । यात्रुका केही लगेज पनि जलेको छ ।

बसभित्र धुँवा देखिएलगत्तै चालकले बस रोकेर यात्रुहरुलाई बाहिर निकालेका थिए । त्यसैले मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ । बसमा लागेको आगो प्रहरी र स्थानीय मिलेर निभाएका थिए । बसमा आगो लाग्नुको कारण खुलेको छैन ।