मेथीका दानाले बढाउछ सुन्दरता

मेथीका दानाहरूले सुन्दरता बढाउन मद्दत गर्छन् । यी दानाहरूमा अधिक मात्रामा एन्टीअक्सिडेन्ट र पोषक तत्त्व पाइन्छन् जसले कपाल झर्न रोकिदिन्छन् । मेथीका दानाहरूबाट हेयर मास्क बनाउने विधि हामी तपाईंलाई यहाँ बताउनेछौं ।

यसका लागि आवश्यक सामग्री यी हुन् स्

(एक मुट्ठी मेथीको दाना

(तीन चम्चा बेसन

(एक चम्चा दही

विधि

(मेथीलाई पानीमा ६ घन्टासम्म भिजाउनुस् अनि त्यहाँबाट निकालेर ग्राइन्डरमा हाल्नुस् । अनि तीन चम्चा बेसन मिसाउनुस् । अब त्यसमा एक चम्चा दही हाल्नुस् ।

(सबै सामग्रीलाई राम्ररी पिँधेर पेस्ट बनाउनुस् ।

(यो पेस्ट हप्ताको तीनचोटि टाउकोमा लगाउनुस् । कपालको जरासम्म पुग्नेगरी लगाएपछि दश मिनेट त्यत्तिकै छोडिदिनुस् । अनि त्यसपछि मनतातो पानीले टाउको धुनुस् ।

(मेथीयुक्त हेयर मास्कले कपालको जरा बलियो बनाउँछ र झर्न दिँदैन ।