थप ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३१ पीसीआर परीक्षणमा ३७६ जना र २ हजार १६८ एन्टिजेन परीक्षणमा ३२ जना गरी ४०८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५१८ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख १२ हजार ५७० पुगेको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ४०७ पुगेको छ भने ७ लाख ९१ हजार ७८७ जना संक्रमणमुक्त भएका छन् ।