मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको दावी पेश

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेश गरेका छन् । गठवन्धनमा रहेका तीन दलको समर्थनमा मुख्यमन्त्रीमा शाहीले दावी गरेका हुन् ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार हिजो पदबाट राजीनामा दिएपछि आज मुख्यमन्त्रीका लागि शाहीले दावी पेश गरेका छन् । शाहीलाई नेकपा माओवादी केन्द्रका १२, काँग्रेसका ६ र समाजवादीका ३ जना सांसद गरी २१ जनाले समर्थन गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयले आज साँझ ७ः३० बजेसम्म दाबी पेश गर्न समय दिइएको थियो । नव नियुक्त मुख्यमन्त्रीको आज राती ८ः३० बजे सपथ लिने कार्यक्रम तय गरिएको छ ।