ट्र्याक्टर दुर्घटना हुँदा तिन जनाको ज्यान गयाे, एक जना घाइते

जाजरकोट । नलगाडमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ  भने एक जना घाइते भएका छन् । नलगाड नगरपालिका–५ झुल्केडाँडामा भएको दुर्घटनामा नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय बलबहादुर खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

ट्र्याक्टरका सहचालक नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घाइते भएका प्रहरीले जनाएको छ । ट्र्याक्टर नम्बर र दुर्घटनाको कारण खुल्न सकेको छैन ।