राष्ट्रिय जनगणना २०७८ भोलिदेखि मूल गणना हुने

काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ अन्तर्गत भोलि बुधबारबाट मूल गणना हुने भएको छ । ९ मंसिरसम्म हुने जनगणनाका लागि तयारी पूरा भएको तथ्यांक विभागका महानिर्देशक महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए ।

मूल गणनाका लागि ४०  हजार गणक र ८ हजार १६ जना सुपरीवेक्षक खटिने छन् ।  नेपालमा हरेक १०-१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ ।

यसअघि ३० भदौबाट सुरु भएको सूचीकरण १८ असाेजसम्म चलेको थियो । छुटेका व्यक्ति तथा परिवारले केन्द्रिय तथ्यांक विभागमा सम्पर्क गरी टिपाउन सक्नेछन् ।

तथ्यांक विभागले यसअघि असार ८ गतेदेखि जनगणना सुरु गर्ने तयारी गरेको थियो ।