कर्णाली प्रदेशका प्रदेश प्रमुख परियारले लिए सपथ

काठमाडौं ।  कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले  बिहीबार (आज) पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा तिलक परियारले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २३ गते कर्णाली प्रदेशको प्रदेश प्रमुखमा परियार  नियुक्त गरेकी थिइन् ।