नेपाल बार एसोसिएशनले आज पनि सर्वोच्च अदालतमा धर्ना

काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएशनले आज पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ ।

मंगलवार एसोसिएशनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै दोस्रो चरणको आन्दोलनको अन्तिम दिन पनि सर्वोच्च अदालतमा धर्ना दिएको हो । धर्ना तथा विरोध कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बुधवारबाट सशक्त रुपमा तेस्रो चरणको आन्दोलन गर्ने बताए ।

यस्तै प्रधानन्यायाधीश जबराले भ्रष्टाचार गरेर कमाएको सम्पत्ति विवरण छानबिन गर्न माग आइरहेको बताउँदै त्यसको लागि १९ जना न्यायाधीशसँग छलफल भइरहेको उनको भनाइ छ। उनले तेस्रो चरणको कार्यक्रममा पनि दिनको दुई घण्टा निरन्तर धर्ना दिने बताए ।