नेकपा माओवादी कर्णाली प्रदेश सभा संसदीय दलको बैठक सुरु

सुर्खेत । कर्णाली प्रदेश सरकारको सबैभन्दा ठुलो सत्ता साझेदार दल ने.क.पा.(माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलको बैठक दल नेता महेन्द्र बहादुर शाहीको अध्यक्षतामा दलको कार्यालय प्रदेश सभामा सुरु भएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाहीले सरकार गठन भएको दुइ साता वितिसक्दा पनि ने.क.पा.(माओवादी केन्द्र)बाट कुनै पनि मन्त्रीलाई सहभागि गराउन नसकिरहेको अबस्थामा ने.क.पा.(माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलले महत्वपूर्ण निर्णय गर्न सक्ने अनुमान गरिएको छ ।

यता ने.क.पा.(माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक ठम्बर विष्टले भने दलको बैठकको निर्णयलाई महत्वपूर्ण रुपमा हेरिएको भए पनि दलले समग्र सबै योजण्डामा छलफल गर्ने र त्यसमा सरकारमा सहभागिताको बारेमा स्वाभाविकै रुपमा छलफल हुने बताए ।

बैठकमा ने.क.पा.(माओवादी केन्द्र) कर्णाली प्रदेशका अध्यक्ष राजकुमार शर्मा पनि उपस्थित भएका छन् । उनको उपस्थितिले पनि ने.क.पा.(माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलले सरकारमा सहभागिताको बारेमा छलफल हुने अनुमान गरिएको छ । दल नेता तथा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही माओवादी केन्द्र कर्णाली प्रदेशको सह इन्चार्ज हुन् भने शर्मा अध्यक्ष हुन् संसदीय दलको बैठकमा प्रदेश अध्यक्षलाई उपस्थित गराउनुको कारण पनि यो बैठकले महेत्वपूर्ण निर्णय गर्ने अनुमान गरिएको छ ।