सुर्खेत । सुर्खेतमा नेपाली काँग्रेसको सबै पालिकामा अधिवेशन सम्पन्न भएको छ । सुर्खेतका ९ वटै पालिकामा अधिवेशन सम्पन्न भएको हो । 
वीरेन्द्रनगर नगरपालिकामा उपेन्द्र खड्का, पञ्चपुरी नगरपालिकामा कृपाराम थापा, भेरीगंगा नगरपालिकामा रामबहादुर सिंह, गुर्भाकोट नगरपालिमा हस्त पुन र लेकवेशी नगरपालिकामा उमेश पौडेल सभापतिमा निर्वाचित भएका छन् ।
यस्तै सिम्ता गाउँपालिकामा वीरेन्द्र रावत, चिङ्गाड गाउँपालिकामा डोरप्रसाद पौडेल र बराहताल गाउँपालिकामा भीम भण्डारी सभापतिमा निर्वाचित भएका हुन् ।
चौकुने गाउँपालिकामा सभापतिमा नरबहादुर बान्तोला निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २०७८ मंसिर ३ गते शुक्रबार






