कालीकोटमा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न

कालीकोट । कालीकोट जिल्लाका सबै वडामा (नेकपा माओवादी) केन्द्र को वडा सम्मेलन सम्पन्न भएको छ । माओवादीले वडामा नयाँ नेतृत्व चयन गर्दै वडा सम्मेलन सम्पन्न गरेको हो । जिल्लाका नौ स्थानीय तहका ८२ वडामा नयाँ नेतृत्व चयन गर्दै वडा सम्मेलन सम्पन्न भएको जिल्ला अध्यक्ष धनजीत शाहीले जानकारी दिए ।

“पार्टी केन्द्रले तोकेअनुसार नै शनिबार सबै वडामा वडा सम्मेलन सम्पन्न भएको शाहीले बताए । । सबैमा सर्वसम्मत नेतृत्व चयन भएको हो । पार्टीको विधानअनुसार वडा सम्मेलनमा महिला, दलित र युवाको सहभागिता गरिएको अध्यक्ष शाहीले जानकारी दिए । “हरेक कमिटीमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा र १५ प्रतिशत दलित सहभागिता रहेको छ ।

त्यस्तै मङ्सिर ११ गते स्थानीय तहका पालिका सम्मेलन हुने अध्यक्ष शाहीले जानकारी दिए ।