रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना श्रीमानको मृत्यु श्रीमती घाइते

काठमाडौं । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा आज बिहान ३ बजेरामा १ प ४४१२ नं को ट्रयाक्टर दुर्घटना हुदा श्रीमान्को मृत्यु भएको छ । श्रीमती घाइते भएकी छिन् ।

आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्रयाक्टर ओलमा दुर्घटना भएको हो । दुर्घटनामा ट्रयाक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ । उनकी श्रीमती सपना विक घाइते भएकी छिन् । उनको आठबीसकोट नगर अस्पतालमा उपचार जारी रहेको छ र