उम्मेदवार र दललाई जवाफदेहिता बनाउनुपर्ने गगन थापाको भनाई

काठमाडौं ।कांग्रेस महामन्त्री गगन थापाले उम्मेदवार र दललाई जवाफदेहिता बनाउनुपर्ने बताएका छन् । आज काठमाडौंमा क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दलहरू र तिनका नेताहरू जवाफदेही हुनुपर्ने बताएका हुन् ।२०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट काठमाडौं महानगरपालिकाको जिम्मा पाएको एमालेले के के गरेको जवाफ खोज्नुपर्ने उनको भनाइ छ ।

२०७४ सालको चुनावबाट काठमाडौं महानगरको जिम्मा एमालेले पाएको र यो पाँँच वर्षमा एमालेले के के गर्यो यसको जवाफ माग्नुपर्ने र एमालेले जवाफ दिनुपर्ने बताए । कांग्रेसबाट महानगर मेयरको उम्मेदवार बनेकी सृजना सिंहले विजयी भएपछि अर्को चुनावमा कांग्रेसले यो यो ग¥यो भनेर जवाफ दिनुपर्ने बताए ।

दलहरूलाई जवाफदेही बनाउने गरी नागरिकलाई बुझाउन कार्यकर्तालाई निर्देशन दिएका महामन्त्री थापाले निर्वाचनका लागि सक्रिय भएर लाग्न आग्रह गरे । आफ्ना उम्मेदवार जिताउन मतदातालाई आग्रह गर्न उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए । आफ्नो आवेग र असन्तुष्टिलाई बिर्सेर कांग्रेस उम्मेदवारलाई निर्वाचित गराउने गरी काम गर्न उनले आग्रह गरे ।