बालबालिका भविष्यका कर्णदार मात्र नभई वर्तमानका साझेदार हुन्: अध्यक्ष पुष्पराज गिरि

कालीकाेट । बालबालिका भविष्यका कर्णदार मात्र नभई वर्तमानका साझेदार हुन्; एक कार्यक्रमका वीच खाडाचक्र नगरपालिका वडा नमर ११ का वडा अध्यक्ष पुष्पराज गिरिले बताए ।

खाडाचक्र नगरपालिका तथा युनिसेभ नेपालकाे साझेदारीमा भएको बालकल्व तथा बालसंरक्षण समितिलाई एक दिने क्षमता विकास तालिम दिइएकाे थियाे ।

साे कार्यक्रममा बालविवाह न्यूनीकरण, घरेलु हिंसा, जाेखिममा रहेका बालबालिकाकाे पहिचान, जातीय तथा लैंगिकविवेद र छाउपढि प्रथाकाे अन्त्य सम्बन्धि छलफल भएको थियाे ।

समाजमा अहिलेसम्मकाे जग्डिएर रहेकाे समाजिक कुरीतिलाई अन्त्य गर्नका लागि एउटै क्षेत्र नभई; सबै सराेकारवाला र विभेदमा परेका समुदायहरुले साझा प्रतिबद्धता गरेर अगाडि बढे मात्रै समाजलाई परिवर्तन गर्न सकिने; अध्यक्ष गिरिले बताए ।
उक्त कार्यक्रमकाे सहजिकरण युनिसेभ नेपालका मनाेसामाजिक परामर्शदाता भरत पाण्डेले गरेका थिए ।