दाङबाट सल्यान जाँदै गरेकाे जीप दुर्घटना, तीन जनाकाे मृत्यु

दाङ । दाङको तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको जीप सिरखोलामा दुर्घटनामा परेको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना महिला र एक जना पुरुषको मृत्यु भएको भएको हो । मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका वडा नं. ४ निवासी ४८ बर्षीय प्रेमप्रकाश शर्मा, सोही ठाउँका ४६ बर्षीय सौनी घर्ती र ४६ बर्षीय कर्णबहादुर खड्का रहेका छन् ।

राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर ३ सिरखोलामा रा १ ज ४३८ नम्बरको जीप दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराले जानकारी दिए । जीप बेलुका साढे चार बजेतिर दुर्घटनामा परेको हो ।

जीप सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा करिब १३ जना यात्रु सवार रहेको र विस्तृत विवरण आउन बाँकी रहेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुजाराले जानकारी दिए । घाइतेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।