मुगुमा अत्यधिक चिसो बढ्दा जनजिवन प्रभावित

मुगु । मुगुमा अत्यधिक चिसो बढ्न थालेपछि त्यहाँको जनजिवन प्रभावित हुन थालेको छ । स्थानीयवासी चिसो छल्न तातोपानी कुण्ड जान थालेका छन् । पुस सुरु भएपछि छायाँनाथ–रारा नगरपालिकाको भुसेकुना तातोपानी कुण्ड र सोरु गाउँपालिकाको जिमा–कुलाहाँ तातोपानी कुण्डमा स्थानीयको भीड लाग्ने गरेको छ ।


हुम्लाको सर्केगाड गाउँपालिकाको जैर, लुमछहरा उनापानी खोला र सरीसल्ला तातोपानी कुण्डमा पनि जिल्लावासी जाने गरेका छन् । जाडो बढेसँगै तातोपानी कुण्डमा महिला पुरुष र बालबालिकाको भीड लाग्ने गरेको छ । लुमछहरा तातोपानी कुण्डमा जैर, तुम्च, श्रीनगर गल्फा, मुगुको फोतु, लिब्रु, नेहलगायत गाउँबाट स्थानीयको ओइरो लाग्ने गरेको छ ।