अदुवाले बजार नपाउदा रुकुम पश्चिमका किसान चिन्तीत

रुकुम पश्चिम । रुकुम पश्चिममा अदुवाले बजार नपाउदा त्रिवेणी गाउँपालिकाका किसानहरु चिन्तीत बनेका छन् । गाउँपालिकाकाको अदुवा गाउँगाउँमा थन्किएको छ ।

अदुवा बिक्री नभएपछि किसान निराश बनेका छन्। त्रिवेणी गाउँपालिकालाई सरकारले अदुवा ब्लक घोषणा गरेको छ । सबैभन्दा बढी अदुवा १ नम्बर वडाका किसानको घरघरमा थुप्रिएको हो ।

कतिले गाउँनजिकको बजार पुर्‍याएका छन् कतिले घरमै थुपारेका छन् । तर अदुवा बिक्री भइरहेको छैन । गत वर्ष कृषि विकास कार्यालयको २० लाख र किसानको २० लाख गरी ४० लाख रुपैयाँ बजेटबाट १ नम्बर वडामा अदुवा लगाइएको थियो । अदुवा ब्लकअन्तर्गत उत्पादन भएको अधिकांश अदुवा घरमै थन्किएको स्थानीय किसान प्रेमबहादुर ओलीले बताए ।