ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

सुर्खेत । सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आइतबार (हिजाे) दैलेखबाट सुर्खेत आउँदै गरेको भे २ त ११५७ नम्बरको ट्याक्टर दुर्घटनामा परि २१ वर्षीय भुवन शाहीको मृत्यु भएको हो ।

प्रहरीकाअनुसार वीरेन्द्रनगर ७ नागमोडमा भएको दुर्घटनामा दैलेखको महाबु गाउँपालिका ५ का शाहीको मृत्यु भएको जिल्ला ट्राफिक इन्चार्ज उपेन्द्र प्रसाद आचार्यले बताए ।