एकीकृत समाजवादी बराहतालकाे अध्यक्षमा अर्जन बुचा मगर चयन

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले बराहताल गाउँपालिका अध्यक्ष अर्जन बुचा मगर चयन भएका छन् ।

शुक्रबार भएको कार्यक्रममा अर्जुन बुचा मगरको अध्यक्षता ५१ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा, तिलकबहादुर थापा, मानबहादुर सोडारी, सचीवमा वीरबहादुर अधिकारी चयन भएका छन ।

यस्तै, उप–सचिवमा चेतन बौडेल, तुल्सि नाम्जाली टिकाराम बन सर्वसम्मत चयन भएको पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य खडक थापाले जानकारी दिए ।

यस्तै, पार्टीको जनवर्गीय संगठन युवा संघ नेपालको बराहताल गाउपालिका कमिटीको प्रथम भेलाबाट कुलबहादुर सलामी को अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको छ ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा खगेन्द्र गौतम, रत्न सिजापती, सचिवमा मनिराम कँडेल, उप–सचिवमा रामबहादुर मिजार, अनिल नाम्जालि चयन भएको युवा संघका कर्णाली प्रदेश कमिटी सचिव कमल कृष्ण पौड्यालले जानकारी दिए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष मोहनसिंह बडुवाल अतिथिहरूमा जिल्ला सचिवालय सदस्यहरु वीरबहादुर रावत, खडक थापा, महेन्द्र खनाल, कमलकृष्ण पौडेल, तेज रोकाय लगाएको उपस्थिति रहेको थियो ।