एमाले जिल्ला अधिवेशन अन्तर्गत दैलेखमा पुनः मतदान हुने

सुर्खेत । एमाले जिल्ला अधिवेशन अन्तर्गत दैलेखमा पुनः मतदान हुने भएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले पुनः मतदान गर्न निर्देशन दिएको हो । सोमबार भएको मतदानमा फर्जी मत भेटिएपछि पुन मतदान हुने भएको हो ।

निर्वाचनमा खसेकोभन्दा ३१ बढी मतपत्र मत पेटिकामा भेटिएपछि विवाद भएको थियो । सात सय २१ मतदाताको रहेको दैलेखमा सात सय १८ मत खसेको थियो । मतगणना गर्ने बेला भने सात सय ४८ मतपत्र भेटिएपछि मतगणना रद्द गरिएको थियो । एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहले दैलेखमा फेरी चुनाव हुने जानकारी दिए ।