सुर्खेत । निजामती कर्मचारी संगठन सुर्खेतको अध्यक्षमा हेमन्त चुनारा निर्वाचित भएका छन् । वीरेन्द्रनगरमा शुक्रबार (हिजाे) सम्पन्न अधिवेशनले चुनाराको नेतृत्वमा नयाँ समिति गठन गरेको संगठनका केन्द्रीय सदस्य सुरेन्द्र शाहीले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार अधिवेशनबाट उपाध्यक्षमा सीता कँडेल र उत्तम अधिकारी, कोषाध्यक्षमा दिनेश खड्का, सचिवमा धर्मराज पौडेल र सहसचिवमा सुशील शर्मा चयनका हुन् ।


प्रकाशित मिति : २०७८ माघ १ गते शनिबार
प्रतिक्रिया दिनुहोस्