वीरेन्द्रनगरमा एकै परिवारका चार जनाकाे मृत्युु

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदीमा एकै परिवारका चार जनाको मृत्यु भएको छ । जाजरकाेटकाे शिवालय गाउँपालिका–४  स्थायी ठेगाना भएका वीरेन्द्रनगरमा बस्दै आएका ३५ वर्षीया कल्पा बुढा सहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मृत्यु हुनेमा कल्पा बुढाका छोरा ९ वर्षीया निरज बुढा, ८ वर्षीया चिरञ्जीवि बुढा, र कल्पाका दाई, ५ वर्षीया मान बुढाका छोरा सोमराज बुढा को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

‘ढोका बन्द गरेर तसलामा कोइला बालेको अवस्थामा मृत भेटिए’ डिएसपी घर्तीले भने, ‘आगो ताप्ने क्रममा निसास्सिएर मृत्यु भएको हुनसक्ने घटनाको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ उनिहरू शनिबार साँझ ६ बजे मृत अवस्थामा भेटिएका हुन् ।