सुर्खेतमा लागू औषध सहित १० जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागु औषध (ब्राउन सुगर) जस्तो देखीने धुलो पदार्थ चरेस  र गाँजाको धुलो सहित १० जना पक्राउ गरेकाे छ ।

६३० मि.लि. ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ , चरेस ४ ग्राम  र गाँजाको धुलो  ३२ ग्राम पक्राउ गरेको हाे ।

वीरेन्द्रनगरको विभिन्न स्थानमा लागू औषध विक्रि वितरण भइरहेको भन्ने सुचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालयकाे लागू औषध ब्युरोबाट खटिएका प्रहरीले वीरेन्द्रनगर-१० हाेटेल बुलबुले भ्यु टु र एरिचोकबाट शनिबार पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा  सुर्खेत वीरेन्द्रनगर-३ का ३० वर्षीया सुमन खत्री, दैलेख नारायण नगरपालिका-८ का २३ वर्षीया दिपक थापा, दैलेख नारायण नगरपालिका-११ का २९ वर्षीया सागर चन्द,  दैलेख नारायण नगरपालिका-८ का २३ वर्षीया क्षितिज शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका-१ का २४ वर्षीया डम्बर खड्का, सुर्खेत वीरेन्द्रनगर-४ का २३ वर्षीया रन्जित खड्का, सुर्खेत वीरेन्द्रनगर-४ का २४ वर्षीया सुजन शर्मा, सुर्खेत वीरेन्द्रनगर-३ का २२ वर्षीया कमल डाँगी, सुर्खेत वीरेन्द्रनगर-१ का २५ वर्षीया युवराज ढकाल, कालीकाेट महाबै गाउँपालिका-३ का २२ वर्षीया जीवन सिंह रहेकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पक्राउ परेका व्यक्तिहरुको बिषयमा थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।