माक्स नलगाउने व्यक्तिलाई जरिवाना तिराउने

सुर्खेत । सुर्खेतमा मास्क नलगाउने व्यक्तिलाई जरिवाना तिराउने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले भोलीदेखि यो नियम लागु गर्न लागेको हो ।

कोभिड–१९ संक्रमण दर बढ्दै गएकोले संक्रमण रोकथामका लागि यसअघि नै जिल्लामा ‘स्मार्ट लकडाउन’ लागु गरिसकिएको छ । तरपनि मास्क लगाउन अटेर गर्ने गरेको पाइएपछि जरिवाना तिराउन बाध्य भएको प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र जिल्ला प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टसहितको टोलीले मास्क लगाए वा नलगाएको आज अनुगमन गरेको छ ।

टोलीले बसपार्क, मंगलगढि चौक लगायतका स्थानमा अनुगमन गरी मास्क नलगाएका व्यक्तिलाई मास्क समेत वितरण गरेको छ । उक्त अनुगमनबाट अधिकांश नागरिकले कोभिड–१९ बेवास्ता गरी मास्क लगाउन अटेरी गरेको पाइएपछि भोलीदेखि जरिवाना तिराउन लागिएको प्रजिअ रिजालले जानकारी दिए ।

सरुवा रोग संक्रमण नियन्त्रण सम्बन्धी मापदण्ड बमोजिम मास्क नलगाउनेलाई जरिवाना तिराउने प्रजिअ रिजालले बताए ।