बुलबुले उद्यान पर्यटकका लागि बन्द

सुर्खेत । पर्यटकीय स्थल बुलबुले उद्यान पर्यटकका लागि बन्द गरिएको छ । सुर्खेत उपत्यका नगरविकास समितिले आजदेखि लागु हुने गरी बन्द गरेको हो ।

अर्को सूचना जारि नहुन्जेलसम्मका लागि आन्तरिक तथा बाह्य पर्यटकका लागि बुलबुले उद्यान बन्द हुने छ । कोरोना जोखिमलाइ मध्यनजर गर्दै बुलबुले उद्यान बन्द गरिएको उपत्यका नगरविकास समितिका सदस्य सचिव हरि प्रसाद देवकोटाले जानकारी दिए ।