सुर्खेत मालपोत कार्यालयका सेवा बन्द

सुर्खेत । मालपोत कार्यालय सुर्खेतका कर्मचारीमा कोभिड-१९ संक्रमण देखिएपछि मालपोत सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत पाँच जनामा कोभिड-१९ संक्रमण पुष्टी भएपछि सेवाग्राहीसँग प्रत्यक्ष जोडिएका कार्यहरु माघ २१ गतेसम्मका लागि स्थगत गरिएको हो ।

कार्यालयबाट प्रवाह हुने लिखत पारित, दृष्टिबन्धक, रोक्का फुकुवा, नामसारी, दाखिला खारेजलगायतका सेवाग्राहीसँग प्रत्यक्ष जोडिएको कामकाज स्थगन गरिएको कार्यालयले जनाएको छ। दैनिक प्रशासनिक कार्यहरुलगायत, अदालत, प्रहरी र प्रशासनसँग सम्बन्धित कार्यहरु भने जारी रहने मालपोत कार्यालय सुर्खेतका कार्यालय प्रमुख जनकबहादुर हमालले बताएका छन् ।