लागू औषधसहित एक जना पक्राउ

सुर्खेत । भेरीगंगा नगरपालिका ५ बाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

बबई चेक प्वाईन्टमा नेपालगन्ज देखि सुर्खेत तर्फ आउदै गरेको बा ४ ख ८०८१ नम्बरको फोर्स गाडिमा जाँच गर्दा बिरेन्द्रनगर न पा १० बस्ने बर्ष २० का बिबेक थापा मगरलाई लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पर्दाथ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

नेपालगन्ज देखि सुर्खेत तर्फ आउदै गरेको गाडीमा सिटमुनि फालेको अबस्थामा लागूऔषध भेटिएको प्रहरी जनाएको छ। उनलाइ नियन्त्रणमा लिई लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले बताएको छ ।