कर्णाली प्रदेशमा पहिलोपटक ‘एनटी टिभी सेवा सुरु

सुर्खेत । नेपाल टेलिकमले कर्णाली प्रदेशमा पहिलोपटक ‘एनटी टिभी’ ब्राण्डमा फाइबर टु दी होम एफटीटीएच मार्फत आइपी टिभी सेवा सुरु गरेको छ ।

आइतबारदेखि एफटीटीएच सेवाबाट भ्वाइस र डाटा उपलब्ध गराउँदै आएको टेलिकम सुर्खेतले वीरेन्द्रनगरबाट ‘एनटी टिभी’ सेवा पनि सुरु गरेको हो ।

टेलिकम कर्णाली प्रादेशिक निर्देशनालयका निर्देशक अनन्तप्रकाश मल्लिकले एनटी टिभी सेवाको शुभारम्भ गर्दै एउटै तारबाट भ्वाइस, इन्टरनेट र टेलिभिजन सेवा प्रदान गर्न सफलता मिलेको बताए । अप्टिकल फाइबर पु¥याएर ट्रिपल प्ले ९भ्वाइस, उच्च गतिको इन्टरनेट, आइपीटीबी र भिडियो० सेवा प्रदान गर्न सकिने भएकाले ग्राहकका लागि यो सेवा प्रभावकारी रहेको उनको भनाइ छ ।