माओवादी केन्द्रले फागुन ८ गते केन्द्रीय समितिको बैठक बोलायो

काठमाडौं । नेकपा माओवादी केन्द्रले यही फागुन ८ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

समसामयिक राजनीति, स्थानीय चुनावको तयारी र पार्टी पदाधिकारीलाई पूर्णता दिन माओवादीले फागुन ८ गते केन्द्रीय कमिटी बैठक बोलाएको माओवादी केन्द्रीय कार्यालयका प्रमुख सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठक अनुपम फुडल्याण्डमा बस्ने तय भएको छ । बैठक फागुन ८ र ९ गते दुई दिन बस्ने छ ।