पुर्व मुख्यमन्त्री शाही द्धारा रंगशालाको निरिक्षण

सुर्खेत । कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेश सरकारको गौरबको आयोजना प्रदेश रंगशाला निर्माणको कामलाई निरिक्षण गरेका छन् ।

शनिवार निरिक्षण अबेर निरिक्षण गरेका प्रथम मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारको एक मात्र गौरबको आयोजना भएकोले यो कामलाई जति सक्दो छिटो सक्ने गरेर काममा लाग्नको लागि निर्माण कम्पनीलाई निर्देशन दिए ।

कर्णालीमा अहिले सम्म जति निर्माण कम्पनी आए उनिहरुले समयमै काम गर्न नसक्दा निर्माण कम्पनीहरुले विश्वास टुटाएको भन्दै उनले यो कम्पनीबाट त्यस्तो नहुनेमा आफुले विश्वस्त रहेको बताउनु बताए ।

‘जति सक्यो छिटो काम सक्ने तिर लाग्नु होला । काम गर्ने तरिका नेपाली मोडेल भन्दा चाइनिज मोडेलबाट गर्नु प¥यो,’ ‘उनले भने, ‘दिनको यति घण्टा काम गर्ने भन्दा पनि दिनमा कति आउटपुट दिन सक्यौ भन्ने तिर लाग्नु होला,।’

निरिक्षणका क्रममा कर्णाली खेलकुद परिषदका सदस्य सचिव बिश्वामित्र संज्याल परिषदका कर्णाली प्रदेश सदस्य टक्क बहादुर शाही आजिबन पनि सहभागि थिए । सदस्य सचिव संज्यालले आफु रंगशालाको काम नरोकिने गरी कामलाई अगाडी बढाउनको लागि निर्माण कम्पनीको निरन्तर फलोअफ गरेको समेत उनले प्रथम मुख्यमन्त्री शाहीलाई जानकारी दिए ।

निर्माण कम्पनीले भने ६ महिनाको काम डिजाइनको काम मात्र भएकोले अब डिजाइनको काम सक्न थालेको र भौतिक संरचनाको काम तिर आफुहरु फोकस तिर लागेको प्रथम मुख्यमन्त्री शाहीलाई जानकारी दिएको थियो ।