सुर्खेतमा कर्फ्यु हटाएर निषेधाज्ञा क्षेत्र तोक्दै

सुर्खेत । सुर्खेतमा जारी कफ्यु साँझ ७ बजेबाट स्थानीय प्रशासनले हटाउने भएको छ । एमसीसी विरुद्ध सोमबार नेपाल बन्दको क्रममा अराजक समूहले आगजनी र भौतिक क्षती गरेपछि जारी कर्फ्यु साँझ ७ बजेकाट स्थानीय प्रशासनले हटाउने भएको हाे ।

सोमबार दिउँसोदेखी प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै सार्वजनिक सम्पत्ती र पार्टी कार्यालयमा आगजनी गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा कफ्र्यू आदेश जारी गरेको हो ।

कर्फ्यु अवधिमा कुनै प्रदर्शन भएनन्, शान्तिपूर्ण नै देखिएकाले सात बजेदेखी नै कर्फ्यु हटाउने प्रमुख जिल्ला अधिकारी  खगेन्द्रप्रसाल रिजालले बताए । यस्तै सोमबार बढी प्रदर्शन भएको क्षेत्रमा भने निषेधाज्ञा तोक्दैछौं ।

प्रशासनले निषेधाज्ञा तोकेका क्षेत्रहरुमा यरिचोक, मंगलगढी चोक र हटिया क्षेत्र रहेको छ । यी क्षेत्रमा पाँच जनाभन्दा बढी जम्मा हुन नदिने गरी आज साँझ ७ बजेबाट निधेषाज्ञा लागु हुने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।उनकाअनुसार अर्को आदेश नहुञ्जेसम्म तीन क्षेत्रमा निषेधाज्ञा जारी रहने छ ।