काठमाडौं । लामो समयदेखि अवरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलास आजदेखि शुरु हुँदैछ ।
कोरोना संक्रमणको जोखिमका कारण सेवा संकुचन हुँदा संवैधानिक इजलास बारम्बार प्रभावित भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विवादमा परेपछि गत असोजदेखि संवैधानिक इजलास बस्न सकेको थिएन ।
सर्वोच्च अदालतमा गोला प्रक्रिया शुरु भएपछि संवैधानिक इजलास बस्न थालेको हो ।

प्रकाशित मिति : २०७८ फागुन २० गते शुक्रबार






