सुब्बाकुना प्रहरी इन्चार्ज धामी विरुद्ध किटानी जाहेरी दर्ता

सुर्खेत । प्रहरी चाैकी सुब्बाकुनाका प्रहरी इन्चार्ज (सइ) शेरसिंह धामी विरुद्ध किटानी जाहेरी दर्ता गरेका छन् । कालिकाेट तिलागुफा नगरपालिका-३ का युवाकाे प्रहरीकाे कुटाइबाट मृत्यु भएकाे आराेप आफन्तले लगाएपछि धामी विरुद्ध किटानी दिन लागिएकाे हाे ।

मृतक हमालका आमा पद्मा हमालले छाेरासँगै आएका चालकसहित कृष्णलाई कुटेकाले धामी विरुद्ध किटानी जाहेरी दर्ता गर्न लागेकाे जानकारी दिइन् ।

सुब्बाकुनामा नेपालगञ्जबाट सुर्खेत आउँदै गरेका हमाल सवार ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर कुटपिटपछि मृत्यु भएको परिवारले बताउँदै आएका छन् ।

आफन्तहरुलाई भने स्थानीय प्रशासनले छानविन समिति गठन गरिसकेकाले आन्दाेलन नगर्न माैखिम सहमति गरेपछि आज गर्ने भनिएकाे प्रदर्शन राेकिएकाे छ । प्रशासनले पीडित परिवारसँग राहतका लागि पहल गर्ने र कुटपिट गरेकाे आराेप लागेका प्रहरी इन्चार्ज विरुद्ध किटानी जाहेरी दिन लगाएर आन्दाेलन आफन्तहरुले राेकेका हुन् ।