सुर्खेत । चामुण्डाबिन्द्रासैनि नगरपालिका ७ तार बजार नजिकै रहेको कर्णाली नदीको किनारमा महिलाको शव फेला परेको छ । शव फेला परेको महिलाको अहिलेसम्म नामथर भने खुलेको छैन् । महिलाको अन्दाजी ३२ वर्ष उमेर रहेको दैलेख प्रहरीले जनाएको छ ।
![](https://aksanchar.com/wp-content/uploads/2024/03/surkhet-daigonestic.gif)
नदीमा हेराएकी हुन् वा हत्या भएको भन्ने बुझ्न प्रहरीले अनुसन्धान शुरु गरेको छ । अहिले प्रहरी घटनास्थलमा रहेको र अछाम र दैलेखका विभिन्न ठाउँमा रहेका प्रहरी चौकीलाई महिलाबारे बुझ्न पठाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
![](https://aksanchar.com/wp-content/uploads/2024/09/bulbule-Gift-Corneer.gif)
ए.के. सञ्चार । २३ फाल्गुन २०७८, सोमबार १२:४६