वीरेन्द्रनगरमा टिप्परमा मोटरसाईक ठोक्किँदा एकको मृत्यु

सुर्खेत । वीरेन्द्रनगरमा टिप्परमा मोटरसाईक ठोक्किँदा एकको मृत्यु भएको छ । प्रहरी चौकी सुब्बाकुना सुर्खेतका अनुसार शनिबार दिउँसो १२ बजेको समयमा वीरेन्द्रनगर–११ सेडा स्कुल नजिक दुर्घटना भएको हो ।

रत्नराजमार्ग अन्तरगत पिपिराबाट धुलियाबिट तर्फ गएको १ ख ३३०२ नम्बरको टिप्पर र सोही दिशाबाट जाँदै गरेको भे ७ प १७९९ नम्बरको मोटरसाईल टिप्परको पछाडी ठोक्किँन जाँदा मोटरसाईकलमा सवार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, अन्य घाईतेहरुलाई उपचारको लागी कर्णाली प्रदेश अस्पताल कालागाँउ पठाइएको र टिप्पर चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा राखिएको र मोटरसाईकल चालक फरार रहेको हुँदा खोजि कार्य भैरहेको प्रहरीको भनाई रहेको छ ।