माओवादी कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्ट एमाले प्रवेश गर्ने

सुर्खेत । नेकपा माओवादी कर्णाली प्रदेशसभा सदस्य एवं पूर्वप्रमुख सचेतक ठम्मर विष्ट एमाले प्रवेश गर्ने भएका छन् ।

केही दिनअघि सभामुख राजबहादुर शाहीलाई सांसद पदबाट राजीनामा बुझाएका विष्ट आज एमाले प्रवेश गर्ने भएका हुन् । उनलाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्वागत गर्ने कार्यक्रम छ ।

२०७४ सालको निर्वाचनमा सुर्खेत क्षेत्र नं १ प्रदेश निर्वाचन क्षेत्र (क) बाट निर्वाचित विष्ट नेकपा कालका केन्द्रीय सदस्य पनि हुन् ।