भेरी नदीमा मिनी ट्रक खस्दा सह–चालकको मृत्यु

सुर्खेत । भेरी नदीमा मिनी ट्रक खस्दा सह–चालकको मृत्यु भएको छ । सोमबार राती साढे १ बजेको समयमा ट्रक भेरी नदीमा खस्दा सह–चालकको मृत्यु भएको हो ।

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ मनकाबगरमा गोतामकोट देखी डोल्पाको खदाङ तर्फ खुद्रा सामान लिएर जादै गरेको नम्बर नखुलेको मिनी ट्रक भेरी नदीमा खस्दा सह–चालकको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीका कार्यालय प्रहरी नायव उपरीक्षक तथा सह–प्रवक्ता गणेशबहादुर बमले जानकारी दिए ।

ट्रकमा सवार ४ जना मध्ये आठबिसकोट नगरपालिका–६ का ट्रक सह–चालक २२ वर्षीया धनबहादुर बोहरा घटनास्थलमै मृत्यु भएको खबर आएको साथै एक जना बेपत्ताको खोजीकार्य स्थानीय तथा प्रहरीले गरिएको रहेको छ ।

यस्तै, घाइते अन्य व्यक्तिलाई प्रहरीले उद्दार गरी स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने बेपत्ता हुनेमा आठबिसकोट नगरपालिका–६ का २३ वर्षीय अनिल बिक रहेका छन् ।