इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाउन प्रशासन कार्यालय सर्खेतको अनुरोध

सुर्खेत। जिल्ला प्रशासन कार्यालय सर्खेतले इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाउन अनुरोध गरेको छ । स्थानीयतहको निर्वाचन आउँदै गरेकाले उक्त निर्वाचन सम्पन्न प्रश्चाप पाउँनेगरि प्रहरीलाई बुझाउन अनुरोध गरेको हो ।

स्थानीय तहको निर्वाचनलाई मध्यनजर राखी निर्वाचनलाई शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्नकोलागि यस जिल्लाभित्र रहेका इजाजतलिई राखिएका विभिन्न किसिमका हात–हतियारहरु निर्वाचन सम्पन्न भए पश्चात् फिर्ता पाउने गरी नजिकको प्रहरी इकाईहरु मार्फत् जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा १५ दिनभित्र बुझाउनको लागि अनुरोध गरेको छ ।