यातायात कार्यालयबाट दिने सेवा भोलि बिहान ६ बजेसम्मका लागि बन्द

काठमाण्डौ । सर्भरमा समस्या आएपछि यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा भोलि बिहीवार बिहान ६ बजेसम्मका लागि बन्द गरेको छ ।

विभागले आज बुधवार सूचना निकालेर सर्भरमा विद्युतीय समस्या देखिएको भन्दै आजको कार्यालय समयपछि सबै सेवा भोलि बिहान ६ बजेसम्मका लागि बन्द गर्ने जानकारी गराएको हो । यातायात कार्यालयबाट प्रदान हुने सवारी दर्ता, नामसारी, नवीकरण, कर भुक्तानी, प्रिन्ट भएको लाइसेन्स बुझ्ने लगायतका सबै सेवा बन्द हुने छन् ।

विभागले यसअघि नै लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो ।