जनताको सुख, दुःख बुझ्ने पार्टी कांग्रेस हो : केन्द्रीय सदस्य नेपाली

सुर्खेत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मान बहादुर नेपालीले जनताको सुख, दुःखको साथी कांग्रेस मात्रै भएके बताएका छन् । ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको क्रममा सुर्खेत्को बराहताल गाउँपालिका पुगेका नेपालीले यस्तो बताएका हुन् ।

‘राणा कालदेखि, राजा काल र देशमा भएका विभिन्न मुक्तिका आन्दोलनमा नेपाली कांग्रेसले जनताको पक्षमा वकालत गर्दै आएको छ,’उनले भने, ‘अब देशलाई फेरि कांग्रेसको आवश्यकता छ । अहिले जनताले फेरि कांग्रेसलाई चाहेका छन् । कांग्रेसले अहिलेको अवस्थामा आफ्ना धारणा जनता माझ पु¥याउनलाई एक महिने अभियान सञ्चालन गरेको हो ।’

उनले एमसी देश र जनताको पक्ष्ँमा रहेकोले यसबाट नेपालको विकासमा थप फड्को मार्ने बताए । आगामी चैत २९ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत स्थानीय तहको निर्वाचनको मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य यो अभियानले राखेको केन्द्रीय सदस्य नेपालीको भनाई छ ।

उनका अनुसार स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्ने, कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन मतदातालाई अपिल गरिएको छ ।

कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारितरूपमा राख्न यो अभियानले सहयोग पुगेको सुर्खेतका पार्टी सभापति खड्क पोखरेलले बताए ।

कार्यक्रममा सुर्खेत् जिल्लाका उपसभापतिद्धड टोप बहादुर रावत र विष्णु बहादुर खड्का, बराहताल गाउँपालिकाका सभापति भिम बहादुर भण्डारीले पार्टीको वर्तमान अभियान र अगामी योजनाको विषयमा आ–आफ्ना भनाई राखेका थिए ।