किशोर, किशोरी वर्तमानको साझेदार, भविष्यको कर्णधार हुनः नगरप्रमुख पाण्डे

कालीकोट । किशोर, किशोरी वर्तमानको साझेदार, भविष्यकोे कर्णधार भएको खाडाचक्र नगरपालिका कालीकोटका नगर प्रमुख जसीप्रसाद पाण्डेले बताएका छन् ।

kalikot

मंगलवार किशोर, किशारी रुपान्तरण कार्यक्रममा पाण्डेले बालबालिकाका बिषयमा गरेको खर्च, खर्च नभएर लगानी भएको बताए । युनिसेफ नेपालको सहयोग बागेश्वरी असलशासन कल्व नेपालगन्जको सहजिकरणमा संञ्चालन भएको २१ दिने कार्यक्रममा युवा अवस्थामा बालबालिकालाई सुन्दर गमला, सुन्दर मुर्ती बनाउन सकिने बताए ।

बिग्रेको मोवाईल बनाउन मिल्ने तर बिग्रेको मान्छेलाई बनाउन नमिल्ने हुदा युवा अवस्थामा नै धेरै कुरामा सचेत हुने पर्ने पाण्डेले सो कार्यक्रममा भने,।

मोवाईल फोनले धेरै कुरा सिकाएको र धेरै कुरा बिगारेको पनी पाण्डेकाे भनाइ छ । यस्तै मोवाईल फोनले गर्दा पनि बालबिवाहका घटना पनि बढ्ने गरेको पाण्डेले जानकारी दिए । युवा आवस्थामा कुनै पनि कुरामा निर्णय लिन नसक्ने हुदा घर परिवार सँग घुलमेल भएर आफ्ना कुराहरु जानकारी दिन आवश्यक रहेको बताए ।