लागूऔषध सहित एकजना पक्राउ

सुर्खेत ।वीरेन्द्रनगरबाट लागूऔषध (ब्राउनसुगर) सहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरीले सोमबार साँझ ५ बजेको समयमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–६ घिमेरे होटलबाट दैलेखको नारायणनगर नगरपालिका–२ का २७ वर्षीय अर्जुन थापा रहेका छन् ।

प्रहरीले उनको साथबाट शुद्ध २० मि.लि ग्राम (ब्राउनसुगर) जस्तो देखिने खहिरो धुलो पदार्थसहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।