लागुऔषध सहित एक जनालाई पक्राउ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–७ भावरपुलमा लागुऔषधको कारोबार गरिरहेको अवस्थामा प्रहरीले एक जनालाई नगदसहित पक्राउ गरेको छ । लागुऔषधको कारोबार भईरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध ब्युरोबाट खटिएको टोलीले एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँका २५ वर्षीय प्रेमबहादुर दमाई छन् । उनको साथबाट प्रहरीले लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २५० मिलिग्राम र नगद १३ हजार ७५० रुपैयाँ बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।