कारले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते

सुर्खेत । वीरेन्द्रनगरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् । आइतबार दिउँसो १२ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–११ देउती बज्यै मन्दिर नजिक उक्त दुर्घटना भएको हो ।

प्रहरीका अनुसार देउती बज्यैबाट चारकुने तर्फ जाँदे गरेको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०१०२०३६ च १७२८ नम्बरको कारले ठक्कर दिदाँ मोटरसाइकल चालक घाइते भएका हुन् ।

उक्त कारको ठक्करबाट वीरेन्द्रनगर–११ बस्ने बर्ष २२ को सन्तोस सुनार घाइते भएका हुन् । घाइते सुनारको अवस्था गम्भीर रहेको र हाल कर्णाली प्रदेश अस्पतालमा उपचार भईरहेको प्रहरीको भनाइ रहेको छ । सवारी साधन र कार चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।