लागूऔषध कारोबार गरिरहेकाे अवस्थामा दुई जनालाई पक्राउ

सुर्खेत । लागू लागूऔषध कारोबार गरिरहेकाे अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ । वीरेन्द्रनगर नगरपालिका -१० पदमपुरमा कोठा भाडामा बस्दै आएका उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूराेकाे टाेलीले पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा वीरेन्द्रनगरपालिका- १३ बस्ने २५ वर्षीय वर्णबास बोहोरा र साेही ठाउँका २८ वर्षीय भिमा तामाङ छन् । उनीहरुले लागूऔषध कारोबार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र ब्यूरोबाट खटिएकाे टाेलीले नियन्त्रणमा लिएकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।

बोहराको कोठा खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने (खैरो पदार्थ) आठ ग्राम ६७० मिलिग्राम, सेतो हिरोईन जस्तो देखिने पदार्थ सात ग्राम १४० मिलिग्रामम, डिजिटल तराजु दुई थान, ATM कार्ड र नगद एङ्क लाख ५६ हजार १२० रुपैया बरामद गरिएकाे छ । दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको कार्यालयले जनाएकाे छ ।