स्वास्थ्य विभागले माग्यो सातै प्रदेशका लागि कर्मचारी

काठमाडौं। स्वास्थ्य सेवा विभागले कर्मचारी माग गरेको छ । कोरोनाभाइरस कोभिड–१९० प्रतिकार्यका लागि कर्मचारी माग गरेको हो ।

कोरोनाभाइरस कोभिड–१९ विरुद्धको प्रतिकार्यका लागि ८ जना कर्मचारी माग गरिएको छ । सातै प्रदेश एक\एक जना र एक जना व्यवस्थापन महाशाखाका लागि गरी आठ जना कर्मचारी माग गरेको हो ।

आज शुक्रबार जारी सूचनामा फार्मेसी वा जनस्वास्थ्य विषयमा स्नातक गरेको वा फार्मेसी विषयमा डिप्लोमा पास गरी सम्बन्धित क्षेत्रमा कम्तीमा तीन वर्ष कार्य अनुभव भएकाहरुले दरखास्त दिन सकिने उल्लेख गरिएको छ ।

योग्यता पुगेका इच्छुकले १० दिनभित्र आवेदन दिन सक्नेछन् ।

सूचना